
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आचार्यले आफ्नो पदीय मर्यादाविपरीत कार्य गर्दै स्रोत खुल्न नसक्ने सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
आयोगका अनुसार आचार्यले सार्वजनिक पदमा रहँदा कानुनले तोकेको दायित्व र आचरणको उल्लङ्घन गरी अनुचित लाभ लिएको देखिएको छ। अनुसन्धानका क्रममा उनको आय–व्यय विवरण मिलान गर्दा वैध स्रोतबाट पुष्टि हुन नसक्ने सम्पत्ति आर्जन भएको निष्कर्ष निकालिएको आयोगले जनाएको छ।
अख्तियारले आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बिगो दाबी गर्दै उक्त रकम बराबरको सजायको मागसहित मुद्दा दायर गरेको हो। आयोगले सार्वजनिक पदमा बसेर हुने यस्ता कार्यले सुशासन र सार्वजनिक सेवाप्रति नागरिकको विश्वासमा असर पर्ने भन्दै भ्रष्टाचारविरुद्ध कडा कारबाही जारी रहने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे