
काठमाण्डौ।२०८२ भदौ २३–२४ मा नेपालमा भएको आन्दोलन सुरुमा राजनीतिक सुशासन केन्द्रित देखिए पनि क्रमिक रूपमा हिंसात्मक मोड लिएको थियो। प्रारम्भिक चरणमा शान्तिपूर्ण देखिएको प्रदर्शन पछि गएर संवेदनशील भवन, संसद भवन र नेताका निजी आवासमाथि आक्रमण हुँदा एक पत्रकार र एक घरमा आगजनी भएको थियो भने कान्तिपुर भवन र नजिनका भवनमा तोडफोड गरिएको थियो।
यस आन्दोलनको पृष्ठभूमिमा , विद्यालयका विद्यार्थीदेखि सामाजिक प्रभावशाली व्यक्तिहरूलाई योजनाबद्ध ढंगले प्रदर्शनमा उतारी व्यापक जनसहभागिता जुटाउन सामाजिक र स्थानीय नेटवर्कको प्रयोग गरिएको विश्लेषण गरिएको छ। आन्दोलनको संवेदनशील चरणमा भएका गतिविधिले यो कार्यक्रम तिनकुन्ने घटनामा यहि समुह समेत घुसपैठको प्रयास भएको प्रारम्भिक अभ्यास हुन सक्ने अनुमान गरिएको छ।
न्यूयोर्क टाइम्सले घटनामा विशेष रासायनिक पदार्थ प्रयोग भएको तथ्य प्रकाशन गरेको छ, जुन सामान्य मानिसले प्रयोग नगर्ने र नियोजित षड्यन्त्रको संकेत हुन सक्ने दाबी गरिएको छ। त्यस्तै, बीबीसी डकुमेन्ट्रीले आन्दोलनको आयोजक र यसअघिपछिको घटनाक्रम नखुलाएको, तर निर्वाचनको पूर्वसन्ध्यामा यस्तो सामग्री सार्वजनिक हुनुले कुनै अदृश्य शक्ति नेपाली राजनीतिमा सक्रिय रहेको जस्तो देखिन्छ।
यस घटनाको ऐतिहासिक विश्लेषण गर्दा २०५८ को दरबार हत्याकाण्डसँग समानता देखिन्छ। दुवै घटनामा पूर्वनियोजित योजना र छानबिन प्रतिवेदन सार्वजनिक हुनुअघि नै सञ्चारमाध्यममा सीमित विवरण आउनुले केही स्वार्थ समूह सक्रिय रहेको संकेत गर्छ। दरबार हत्याकाण्डले सत्ता संघर्ष उजागर गरेको देखिन्छ भने भदौ आन्दोलन शान्तिपूर्ण नाम दिइए पनि यसले भूराजनीतिक र राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पुर्याएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा डकुमेन्ट्री सार्वजनिक हुनु स्वयंले पनि कुनै शक्ति नेपाली राजनीतिलाई प्रभाव पार्न सक्रिय रहेको संकेत गर्छ। घटनाक्रम हेर्दा एक प्रकारले महिनौँअघिदेखिनिर्देशक र उनका सहयोगीहरूले दृश्य अभ्यास र योजना निर्माण गरिरहेको जस्तो देखिन्छ।
सञ्चार माध्यमहरूले दृश्य र तथ्यांक चयन गर्ने तरिकाले घटनाको दृष्टिकोणमा प्रभाव पारेको छ। बीबीसी डकुमेन्ट्रीले भूराजनीतिक दबाब केन्द्रित गरी घटनाको पूर्वव्यवस्थापन उल्लेख नगरेको भन्दै आलोचना भएको छ। निष्कर्षमा, २०८२ भदौ आन्दोलन र २०५८ दरबार हत्याकाण्ड दुवै नेपालमा शक्ति सन्तुलन, हिंसा र राजनीतिक नियोजनका उदाहरणका रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे