
काठमाडौँ , १० असोज | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने रेसमा नभएको बताएका छन् । चितवनमा सोमबार आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन ।प्रचण्डले प्रधानमन्त्रीको रेसमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता आफूले बनाएको बताए । उनले भने, ‘म विगत केही वर्षदेखि प्रधानमन्त्रीको बन्ने रेसमा छैन । लोकतन्त्र र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो ।’
२०७४ सालमा नै ५ वर्षका लागि प्रधानमन्त्रीको अफर आएको स्मरण गर्दै उहाँले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको दावी गरे ।मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको पनि बताए र चितवनका जनताले अन्यथा निर्णय गरे त्यो पनि मान्य हुने उनले बताए ।
स्थानीय तहको निर्वाचनमा २ र ४ सिटछ बढी र कम कसले जित्यो भन्ने ठूलो कुरा नभएको तर संविधान नै धरापमा पर्ने हो कि भन्ने चिन्ता छ लागेको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे