
काठमाडौँ । नेकपा ९एमाले० का महासचिव तथा दाङ क्षेत्र नं। २ का उम्मेदवार शङ्कर पोखरेलले चुनाव नजिकिँदै गर्दा सार्वजनिक भएको बीबीसीको डकुमेन्ट्रीलाई भूराजनीतिक खेलको हिस्सा भएको बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यो सामग्री सामान्य समाचार मात्र नभई चुनावको समयमा बाह्य प्रभाव पार्ने प्रयास हुन सक्ने बताएका छन्। उनका अनुसार संवेदनशील चुनावी समयमा यस्तो डकुमेन्ट्री सार्वजनिक हुनु संयोग मात्रै हो कि नियोजित हस्तक्षेप हो भन्ने प्रश्न उठ्छ।
पोखरेलले नेपालजस्तो सार्वभौम देशको आन्तरिक राजनीतिक प्रक्रियामा बाहिरबाट प्रभाव पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। उनले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्ने र देशको सार्वभौमिकता सबैको साझा जिम्मेवारी भएको बताए।
सूचना स्वतन्त्र हुनुपर्छ तर त्यसको समय, सन्दर्भ र उद्देश्य स्पष्ट र पारदर्शी हुनुपर्नेमा पनि उनले जोड दिए। उनले भूराजनीतिक दबाब र प्रचारको खेलबाट नेपाललाई जोगाउन सचेत रहन, तथ्य जाँच गर्न र राष्ट्रिय हितको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे