
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बर्का अट्वारी पर्वको अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार थारु समुदायको अधिक बसोबास भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी जिल्लामा बिदा लागू हुनेछ।
थारु समुदायले मनाउने बर्का अट्वारी पर्वमा विशेष गरी पुरुषहरूले निराहार व्रत बस्ने र सूर्य देवताको पूजा गर्ने परम्परा रहिआएको छ। यस पर्वलाई सामूहिक एकता, धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा मानिन्छ।
प्रदेश सरकारले थारु समुदायको धार्मिक तथा सांस्कृतिक महत्वलाई सम्मान गर्ने उद्देश्यले यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसले सामुदायिक विविधतालाई सम्मान गर्ने र सह-अस्तित्वलाई मजबुत बनाउने सरकारको प्रतिबद्धता झल्काउने बताइएको छ।
लुम्बिनी प्रदेशमा यसअघि पनि विभिन्न समुदायका चाडपर्वमा सार्वजनिक बिदा दिँदै आएको छ। यसपटकको निर्णयले थारु समुदायको पर्वलाई संस्थागत मान्यता दिएको स्थानीयस्तरमा स्वागत गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे