
काठमाडौँ । नेपाल बार एसोसिएसनले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ। बारले भनेको छ कि आयोगले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर वकिलहरूमाथि आपत्तिजनक टिप्पणी गरेको छ। यस कारण आज दिउँसो १ः३० बजे सल्लाहकार समितिको बैठक बोलाइएको छ। बैठकमा प्रतिवेदनका विवादास्पद अंशमा छलफल हुने भएको छ।
बारको मुख्य आपत्ति प्रतिवेदनमा उल्लेखित वकिलहरूको भूमिका र साधारण नागरिकले न्याय पाउन कठिन हुने कुरा हो। प्रतिवेदनमा भनिएको छ कि “साधारण निवेदन लेखिदिएको मात्रमा पनि वकिलहरूले हजारौँ शुल्क लिन्छन्, जसले पहुँच र पैसा नहुने मानिसहरूको लागि न्याय टाढाको विषय बनेको छ।”
यस विषयमा बारले आयोगको निष्कर्षप्रति कडा असहमति जनाउँदै आजै सल्लाहकार समितिको आकस्मिक बैठकमा विस्तृत छलफल गर्ने तयारी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे