
काठमाडौँ। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गते हुने नेपालका प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। ढाकास्थित नेपाली राजदूतावासका अनुसार प्रधानमन्त्री रहमानले बङ्गलादेश भ्रमणमा रहेका परराष्ट्रमन्त्री बालानन्द शर्मा सँग भेटमा नेपालमा चुनावको सफलताको कामना गर्नुभएको हो।
भेटमा परराष्ट्रमन्त्री शर्माले प्रधानमन्त्री रहमानलाई बधाई दिंदै शपथग्रहण समारोहमा सहभागी हुनु नेपाल–बङ्गलादेशबीचको सद्भाव र साझेदारीको उदाहरण भएको बताए। दुई देशले व्यापार, लगानी, शिक्षा, ऊर्जा, पर्यटन र सम्पर्क सञ्जाल विस्तारमा सहकार्य बढाउने प्रतिबद्धता पनि दोहोर्याएका छन्।
शर्मा बङ्गलादेशको नवनिर्वाचित प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ समारोहमा सहभागी भइसकेका छन्। साथै, उनी शफिकुर रहमान सँग पनि भेटवार्ता गरी द्विपक्षीय सहकार्यका विषयमा छलफल गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे