
काठमाडौँ — प्रतिनिधि सभा सदस्यका रूपमा शपथ लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सिंहदरबारस्थित संसद् भवनबाट आफ्नै सवारी साधन चलाएर बाहिरिएका छन्। दिउँसो दुई बजापछि संसद् भवन पुगेका शाहले शपथ ग्रहण कार्यक्रम सम्पन्न भएलगत्तै त्यहाँबाट प्रस्थान गरेका हुन्।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको बैठकले बिहीबारै विधान संशोधन गर्दै शाहलाई प्रधानमन्त्रीका लागि दलको नेताका रूपमा चयन गर्ने तयारी गरेको जनाइएको छ। सो निर्णय भएमा शाह शुक्रबार दिउँसो नेपालको प्रधानमन्त्रीमा नियुक्त हुने सम्भावना रहेको छ।
प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम संसद्का ज्येष्ठ सदस्य ७७ वर्षीय सांसद अर्जुननरसिंह केसीले सम्पन्न गराएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे