
काठमाडौँ — सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य वालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त नियुक्ति २०८२ साल चैत १३ गते शुक्रबार गरिएको हो। राष्ट्रपति भवन महाराजगञ्जबाट जारी सूचनामा संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको छ।
नवनियुक्त प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा बहुमत प्राप्त गर्ने दाबी प्रस्तुत गरेपछि राष्ट्रपतिले उनलाई संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे