
काठमाडौँ, १५ भाद्र । काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको काठमाण्डौँ फन पार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न अल्टिमेटम जारी गरेको छ ।
महानगरपालिकाको राजस्व विभागले आज बुधवार विज्ञप्ति निकालेर २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्ने समय दिएको हो । यदि २४ घण्टाभित्रमा महानगरलाई बुझाउनुपर्ने राजस्व नबुझाएमा फनपार्क सिलबन्दी गर्ने चेतावनी महानगरले दिएको छ ।
फन पार्कले सात वर्षदेखि कर नतिरेका कारण भोलि बिहीवार बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएको महानगरको राजस्व विभागले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे