
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जति गाली गरे पनि आफूले सधै माया गर्ने बताएका छन् । मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङसँग आफ्नो साचो प्रेम रहेको बताएका छन्।
सामाजिक सञ्जालमा बारम्बार हर्कले बालेनलाई गुनासोसहितको कटाक्ष गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’ भदौ २३ र २४ गते भएको आन्दोलनपछि चल्तीका सबै नेताको भागाभाग भएको र मुलुक नेतृत्व लिन कोही अघि नसरेका बेला उनी अघि सरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे