
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आज धनगढी मा चुनावी कार्यक्रम गर्दैछ। कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ले सम्बोधन गर्ने रास्वपाले जनाएको छ।
चुनावी सभाका लागि लामिछाने हिजै धनगढी पुगिसकेका छन् भने शाह आज त्यहाँ पुग्ने कार्यक्रम छ। रास्वपाका अनुसार चुनावी सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।
यसैबीच, रास्वपाले फागुन ७ गते सुर्खेत मा पनि चुनावी कार्यक्रम आयोजना गर्ने जनाएको छ। पार्टीले देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेन्डा प्रस्तुत गर्ने तयारी गरेको बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे