
काठमाडौँ । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पत्रमार्फत राजीनामा बुझाएका हुन् । पत्रमा विभिन्न कारणले जिम्मेवारी निरन्तर बहन गर्न नसक्ने अवस्था रहेको उल्लेख गरिएको छ।
खड्काले आफूले मन्त्री पद सम्हालेको अवधिमा निष्ठापूर्वक काम गर्ने प्रयास गरेको बताउनुभएको छ। राजीनामापछि उनले प्रदेशको नेतृत्वका लागि इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय लिएका छन् ।
यसअघि पनि कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्री—बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, मीनकृष्ण महर्जन, र सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए। तर मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ती राजीनामा स्वीकार नगरी उनीहरूलाई पदबाट बर्खास्त गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे