
काठमाडौं — बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। जेनजी आन्दोलनका क्रममा राज्यबाट अत्यधिक बल प्रयोग भएको घटनाले आफूलाई गहिरो पीडा दिएको भन्दै उनले पद त्याग गरेका हुन्।
पाठकले बुधबार सामाजिक सञ्जालमार्फत् राजीनामा घोषणा गरेका थिए र सोही दिन उपसभामुख अप्सरा चापागाईंलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका छन्।
हाल संघीय संसद् (प्रतिनिधिसभा) विघटन भए पनि प्रदेशसभा र स्थानीय तहहरू भने कायम छन्। पाठकको राजीनामा जेनजी आन्दोलनपछि देखिएको राजनीतिक तथा नैतिक प्रतिक्रिया स्वरूप आएको बुझिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे