
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज आइतबार पदबाट राजीनामा दिएका छन्। साउन ९, २०८१ मा सपथ लिएर उनले एक वर्ष ९ दिन सरकार चलाएका थिए। नेपाली कांग्रेसबाट तामाङ समुदायका पहिलो मुख्यमन्त्री रहेका लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको बताए।
उनले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालको उपलब्धि प्रस्तुत गर्दै, इमान्दारीपूर्वक काम गर्दा पनि पार्टीभित्रकै चलखेलले पद त्याग्नुपरेको गुनासो गरे। लोकतन्त्र र गणतन्त्र नै संकटमा परेको संकेत गर्दै उनले यो घटनाबाट नभाग्ने अठोट दोहोर्याए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे