
काठमाडौँ , २० भाद्र | आइतबार दिउँसो त्रिभुवन विमानस्थल आइपुगेका भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने भएका छन् ।शितल निवासमा आयोजि एक कार्यक्रमा अपराह्न ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् ।
नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नै, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
यस्तै, उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्नेछन् ।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित पाँचदिने भ्रमणका लागि नेपाल आएका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे