
काठमाडौँ, २१ बैशाख ।ललितपुरको पुल्चोकमा रहेको अवार्ड ओसन ईन्टरनेसनल एजुकेसनले सत्रौ वार्षिकोत्सव भव्यताको साथ सम्पन्न गरेको छ। आफ्नै भवनमा अफिस समुद्घाटन गर्ने उदेश्यका साथ आयोजना गरीएको उक्त कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले रिवन काटी कार्यक्रमको शुभारम्भ गर्नु भए को थियो।
ऊक्त कार्यक्रममा अवार्ड ओसन ईन्टरनेसनल एजुकेसनका डाइरेक्टर अजित थापाले ऊपस्थीत परामर्श व्यवसायीहरूलाई खादा लगाई स्वागत गर्नु भएको थीयो। साथै विगत लामो समयदेखि अस्ट्रेलिया युके क्यानडा जस्ता शैक्षिक गन्तव्यमा सेवा जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्न सक्षम अवार्ड ओसन ईन्टरनेसनल एजुकेसन लाई उपस्थित अतिथिहरूले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यान ललितपुरका अध्यक्ष उपेन्द्र देव ढकालले शुभकामना व्यक्त गर्दै आउने दिनमा राम्रो सेवा प्रदान गर्न उत्प्रेरणा व्यक्तगर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
सोही कार्यक्रममा युनिभर्सिटी क्यानडा वेस्ट नेपालका रिप्रिजेनटेटीभ नेत्र कोइरालाले शुभकामना व्यक्त गर्नु भयो। कार्यक्रम भव्य र भव्य वनाईदिएकोमा सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई नेपाल शैक्षिक परामर्श संघ इक्यानका डाइरेक्टर अजित थापाले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे