• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

५ मिनेट अघि
२

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

२0 मिनेट अघि
३

रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?

३५ मिनेट अघि
४

दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते

५0 मिनेट अघि
५

आजको मौसम

५७ मिनेट अघि
६

सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता

२ घण्टा अघि
७

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१८ घण्टा अघि
८

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१९ घण्टा अघि
९

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

२१ घण्टा अघि
१०

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

२१ घण्टा अघि
११

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

२२ घण्टा अघि
१२

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ १९, आईतबार (३ साल अघि)

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

  • 3,151 Views
  •   १९ असार काठमान्डौ |वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल भएका छन् । तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।

    नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुनेक्रम बढेको छ । अहिले भने दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले जनाएको छ ।

    इक्यानका अनुसार लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँदिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनले पठाउने गरेको छ । प्रक्रिया खुकुलो भएको समयमा निवेदन दिएको एक दिनमै पनि भिसा दिने गरिएको थियो ।

    भिसा अस्वीकृत दर बढेसँगै शैक्षिक परामर्श व्यवसायी तथा विद्यार्थी चिन्तित बनेका छन् । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत गरिएको छ । अस्ट्रेलियाले  भित्र्याउने विदेशी विद्यार्थीमध्ये नेपालबाट ३० प्रतिशत आपूर्ति गर्दै आएको छ । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जाने वैदेशिक मुलुकमा नेपाल तेस्रो नम्बरमा पर्छ । पहिलो र दोस्रो नम्बरमा क्रमशः भारत र चीन पर्छ । उहाँका अनुसार केही समयअघि भिसाका लागि आवेदन दिने मुलुकमा नेपालले ती दुवै मुलुकलाई उछिनेको थियो ।

    विगतमा न्यून शैक्षिक स्तर भएकालाई समेत सहजै भिसा दिने तर अहिले हरेक कुरामा योग्य भएका विद्यार्थीलाई पनि अस्वीकृत गर्न थालिएकाले नेपाली विद्यार्थीलाई भिसा प्रदान गर्नेसम्बन्धमा अस्ट्रेलिया सरकारको निश्चित मापदण्ड नभएको भन्ने पुष्टि भएको सङ्घका अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा आफूभन्दा निकै कमजोर विद्यार्थीले पनि सहजै भिसा पाएको तर अहिले कुनै आधारबेगर आफूले भिसा नपाएपछि अस्ट्रेलिया सरकारको भिसा नीति र शैक्षिक प्रणालीमा वैज्ञानिक मापदण्ड रहेनछ भन्ने गलत सन्देश विद्यार्थीमा गएको छ ।”

    अहिले भिसा पाउनेमध्ये स्नातक र स्नातकोत्तर तहमा भर्ना हुन चाहनेको सङ्ख्या अधिक छ । यी तहमा भर्ना तथा पढाइ शुल्क महँगो हुन्छ भने भर्नाका आधार पनि कसिलो हुन्छ । यी तहमा भर्ना हुन नसकेपछि नेपाली विद्यार्थीमध्ये धेरैजसोले दुई वर्षको व्यावसायिक कोर्सका लागि निवेदन दिने र यो कोर्स सकिएपछि मात्रै विश्वविद्यालयको स्नातक तहमा भर्ना हुने गरेका थिए । यस्तो कोर्स पढ्न वार्षिक १० हजार अस्ट्रेलियन डलर शुल्क तिरे पुग्छ । भर्ना हुन तथा भिसा पाउन पनि सजिलो हुन्छ । दुई वर्षसम्म पढ्दै कमाएको रकमले विद्यार्थी स्नातक तहमा भर्ना हुने गरेका छन् । स्नातक र स्नातकोत्तर तहको पढाइ शुल्क व्यावसायिक कोर्सको तुलनामा दोब्बर पर्छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत साउनदेखि यही असारको पहिलो सातासम्म ६१ हजार ६३६ विद्यार्थीले अस्ट्रेलिया जानका लागि नो अब्जेक्सन लेटर लिएका छन् । मन्त्रालयको शैक्षिक परामर्श शाखाले यस अवधिमा एक लाख दुई हजार ८७३ जनाले यस्तो अनुमतिपत्र लिएको जानकारी दिएको छ । सोही अवधिमा १६ हजार ३२८ जनाले जापान, पाँच हजार २०१ जनाले क्यानडा, चार हजार ८५२ जनाले अमेरिका र एक हजार १९२ जनाले कोरियाका विभिन्न विश्वविद्यालयमा गएर पढ्न नो अब्जेक्सन लेटर लिएका छन् । पछिलो ११ महिनामा विद्यार्थीबाट नो अब्जेक्सन लेटरका लागि मात्र २० करोड ५७ लाख ४६ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन
    ५ मिनेट अघि

  • २

    समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?
    २0 मिनेट अघि

  • ३

    रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?
    ३५ मिनेट अघि

  • ४

    दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते
    ५0 मिनेट अघि

  • ५

    आजको मौसम
    ५७ मिनेट अघि

  • ६

    सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता
    २ घण्टा अघि

  • ७

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १८ घण्टा अघि

  • ८

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १९ घण्टा अघि

  • ९

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    २१ घण्टा अघि

  • १०

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution