
काठमाडौँ , २ असार | आईसीसी टी-२० विश्वकपमा अष्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले सुपर ८ मा स्थान बनाएको छ । अस्ट्रेलिया भने यसअघि नै सुपर ८ मा पुगिसकेको छ। स्कटल्यान्ड र इङ्ग्ल्यान्डको समान ५ अङ्क भएपनि नेट रनरेटको आधारमा इङ्ग्ल्यान्डले सुपर ८ मा स्थान सुरक्षित गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डको सुरुआत राम्रो नभए पनि मिडिल अर्डरका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अष्ट्रेलियालाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भयो ।
स्कटल्याण्डले पहिलो विकेट ३ रन हुँदा गुमाएको थियो । उसका मिचेल जोन्स व्यक्तिगत २ रन बनाएर आउट भएका थिए । त्यसपछि जर्ज मुन्से र ब्रान्डन म्याकमुलेनले ८९ रनको साझेदारी गर्दै अघि बढाए । मुन्से २३ बलमा ३५ रनको पारि खेल्दै म्याक्सवेलबाट आउट भएका थिए । मुन्सेले ३ छक्का र २ चौका प्रहार गरे । ओपनर ट्रविस हेडले ४९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।
स्कटल्याण्डले अष्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८० रन बनायो । स्कटल्यान्डका लागि मार्क वाट र साफयान सरिफले समान २÷२ विकेट लिँदा ब्राड ह्विलले १ विकेट हात पारे। अष्ट्रेलियाको जितले समूह बी बाट इंग्ल्यान्डले स्कटल्यान्डलाई नेटरनरेटमा पछि पार्दै सुपर ८ मा स्थान बनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे