
काठमाडौँ , १६ असार – नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । शनिबार एक विवाह समारोहमा भएको शंकास्पद बम विष्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको बताइएको छ ।
राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीले संदिग्ध आत्मघाती हमलाकारीले ग्वोजा सहरमा विवाह, अन्त्येष्टि र अस्पतालमा आक्रमण गरेको बताएको छ।पहिलो बिस्फोट बोर्नो राज्यमा एक विवाह समारोहमा दिउँसो भएको हो भने दोश्रो बिस्फोट नाइजेरियाको एक जनरल अस्पतालको परिसरमा भएको हो यसैगरी तेश्रो बिस्फोट भने अन्तिम दाहासंस्कार गरिरहेका माझ भएको हो ।
बोर्नो राज्य बोको हराम इस्लामवादी लडाकुहरूले ज्ञछ वर्षको विद्रोहको केन्द्रमा रहेको छ, जसले २० लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ र ४० हजार भन्दा बढी मारेको छ। अधिकारीहरूले शनिबार ज्ञड जनाको मृत्यु भएको पुष्टि भएको बताएका छन्, जसमा बालबालिका, वयस्क र गर्भवती महिलाहरू समावेश छन्। सेनाले कर्फ्यू लगाएको छ । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे