
काठमाडौं ,२७ जेठ ।युनि कन्सल्टेन्स एलाइन्सले एसोसिएट मिट सिक्स पोइन्ट जिरो सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्रतिनिधि, शैक्षिक परामर्श व्यवसायीहरू तथा संस्थाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पानसमा दीप प्रज्वलन गर्दै राष्ट्रिय गान बाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा
उपस्थित सम्पूर्ण धन्यवाद व्यक्त गर्दै युनि कन्सल्टेन्ट अलाईन्सका डाइरेक्टर
राम सरण ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो
कार्यक्रममा वेब्सटर युनिभर्सिटीका एसोसिएट मार्केटींग डाइरेक्टर सायद नविले
विशेष प्रस्तुति दिनु भएको थियो । जसमा वेब्सटर युनिभर्सिटीको पछिल्लो अपडेट, इन्टरनेसनल स्टुडेन्टका लागी प्रदान गरिने विभिन्न सुविधा, स्कलर सिप, फी स्ट्रक्चर लगाएतका विषयमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा एबिएसएस इन्स्टिच्युटका अफ टेक्नोलोजीका भाइस चेयरपर्सन अतुल भारद्वाजले आफ्नो इन्स्टिच्युटका बारेमा विभिन्न महत्वपुर्ण जानकारीहरू प्रदान गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा गिता युनिभर्सिटीको प्रतिनिधित्व गर्दै अल्मुनाई, इश्वर घिमिरे युनिभर्सिटीको बारेमा महत्वपुर्ण प्रस्तुति दिनु भएको थियो ।
कार्यक्रममा उपस्थिति विभिन्न अथितिहरूले कार्यक्रमको प्रशंसा गर्दै आफ्नो धारण व्यक्त गरेका थियो । जसमा जुपिटर मिडियाका डाइरेक्टर सुनील आचार्य, उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।
त्यस्तै कार्यक्रममा युनि कन्सल्टेन्स एलाइन्स एडभाइजर राधेश्याम मल्ल आफूले उठाएको जिज्ञासाहरूको उपयुक्त जवाफ प्राप्त भएको र दुई जना नेपाली विद्यार्थीहरूलाई फुल स्कलर सिप एबिएसएस इन्स्टिच्युट अफ टेक्नोलोजीले प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
त्यस्तै नओल्सन एजुकेसन कन्सल्टेन्सीकि रोमा बलामी, ग्य्राजुएट स्टुडियो काउन्सीलींग सेन्टरका अनन्त आचार्य, क्याम्ब्रिज स्टडी एब्रोडका डाइरेक्टर सिसिर सिम्खडा, टाइम्स एजुकेसन फाउन्डेसनका एपि भटराई लगायतले कार्यक्रमको बारेमा बोल्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नयाँ सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा गरिमामय उपस्थितिका लागी युनि कन्सल्टेन्ट एलाइन्सका अध्यक्ष विनोद बाबु सुवेदीले सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे