
काठमाडौँ, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रमले समस्या र प्राथमिकता प्रष्ट नपारेको बताएका छन्। सोमबार नीति तथा कार्यक्रममाथि भाग लिँदै अध्यक्ष लिङदेनले निति तथा कार्यक्रमले अहिलेको समस्या समाधान गर्न नसकेको बताएका हु्न् ।
नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामाना गर्छौं भन्ने कुरा आउनुपर्ने उहाँको टिप्पणी थियो ।
बहुमतका आधारमा नीति तथा कार्यक्रम पास भएपनि कुनै उपलब्धि नहुने उनको भनाई छ।
‘देश तपाईंको मात्र होइन, सरकारमा बस्नेको मात्र होइन। यो देश बिग्रिँदा खेरि तपाईंको मात्र बिग्रिँदैन। सरकारमा बस्नेको मात्र बिग्रिँदैन।देश हाम्रो मात्र बिग्रँदैन भावी सन्तति र आउने युवाको पुस्ताको भविश्य बिग्रन्छ।’ लिङ्देनले थपे, ‘यो हामी सबैको साझा विषय हो। त्यसकारण नमिलेको विषयहरु फेरि लेखेर ल्याउँनुपर्दा अफ्ठ्यारो मान्नु हुँदैन। यसलाई पुर्नलेखन गर्न जरुरी छ।’
उनले नीति तथा कार्यक्रममा जनयुद्ध लेखायौं, देउवालाई बोकायौं भनेर आत्मरतिमा रमाए पनि जनताको जीवनस्तरमा कुनै फरक नपर्ने बताए।
लिङ्देनले भने,‘देशलाई कसरी अगाडि लैजाने र कुन बाटोबाट कता जाँदैछौं भन्ने कुराको मार्ग चित्र छैन।’ उनले पञ्च, राजादेखि सबै उच्च पदस्थ र उनका आफन्तको सम्पत्ति आयोग बनाएर छानबिन गर्न आग्रह गरे।
भ्रष्टाचारविरुद्धको प्रतिबद्धता कागजमा सीमित भएर नहुने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानका लागि उच्च पदस्थ सबै व्यक्ति र उनीहरुरुका आफन्त सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न माग गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे