
काठमाडौँ, १२ भाद्र । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहको छ।
त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन्।
यस्तै, राष्ट्रिय सभाका सचिव फुयालले प्रतिनिधि सभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५’, ’पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ’सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू र राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको ’सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधि सभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभामा टेबुल गर्नेलगायत कार्यसूची रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे