
काठमाडौँ ,२० साउन |प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो । विद्यार्थीकालमा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय उनी व्यवसायमा संलग्न छन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको जलवायु परिवर्तनसम्बन्धी सल्लाहकारमा डा। माधव कार्की नियुक्त भएका छन् ।सिन्धुलीको नागिलेकमा जन्मिएका कार्कीले पोखरामा वन विज्ञान क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका रूपमा १३ वर्ष कामको अनुभव समेत रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे