
काठमाडौँ , २९ पुस । रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । आज बिहान ११ बजेदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधी माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने विषयमा पक्ष विपक्षी वकिलहरूले बहस गर्ने छन्। लामिछानेमाथि सुर्यदर्शन सहकारी प्रकरणमा आर्थिक अनियमितताको आरोप छ। यसअघि, कास्की जिल्ला अदालतले यो मुद्दामा उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
प्रहरीको अनुसन्धानले स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा कानूनी प्रक्रिया विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ स्थानान्तरण भएको तथ्य बाहिर ल्याएको छ। सरकारी वकिल कार्यालयले यही आधारमा लामिछानेविरुद्ध बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।
रवि लामिछाने आइतबार अदालतमा स्वेच्छाले उपस्थित भएका थिए। उपस्थितिपछि न्यायाधीश अधिकारीको इजलासमा उनको बयान भएको थियो। बयानपछि अदालतले उनलाई हिरासतमा पठाउने आदेश दिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे