
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले जेन–जीका मागहरू संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न राष्ट्रपतिबाट भइरहेको पहलप्रति समर्थन जनाएको छ। बिहीबार जारी विज्ञप्तिमा माओवादीले नेपाली सेना र अन्य सुरक्षा निकायले शान्तिपूर्ण समाधानका लागि खेलेको भूमिकाको प्रशंसा गरेको छ।
‘शान्ति सुरक्षा कायम गर्दै जेन–जी आन्दोलनको शान्तिपूर्ण निकासमा नेपाली सेनालगायत निकायले सहयोग पुर्याएकोमा सराहना गर्छौं,’ विज्ञप्तिमा उल्लेख छ।
पार्टीले सबै पक्षलाई संविधानको रक्षा, लोकतन्त्रको संरक्षण, संयमता, संवाद र सुझबुझका साथ अघि बढ्न आग्रह गरेको छ। साथै, प्रतिकूल परिस्थितिमा पनि विचलित नभई आशावादी बन्न र सकारात्मक भूमिका खेल्न अपिल गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे