
काठमाडौँ । नेपालमा पछिल्लो समय बनेको अस्थिर र जटिल परिस्थितिका कारण केही विदेशी नागरिकहरू अलपत्र परेका छन्। यस्तो अवस्थामा उनीहरूले नजिकै रहेका सुरक्षाकर्मी वा सुरक्षा निकायसँग तुरुन्त सम्पर्क गर्न नेपाली सेनाले अनुरोध गरेको छ।
नेपाली सेनाको जङ्गी अड्डाले बिहीबार एक सूचना जारी गर्दै भनेको छ, उद्धार वा सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई सुरक्षा निकायमार्फत तुरुन्त सहयोग उपलब्ध गराइनेछ। साथै, होटल व्यवसायी, पर्यटन क्षेत्रमा संलग्न संघ–संस्थाहरू र सम्बन्धित निकायहरूलाई विदेशी नागरिकको उद्धार र सहयोगका लागि आवश्यक समन्वय गर्न पनि आग्रह गरिएको छ।
सेनाले सबै पक्षलाई सहयोगी र उत्तरदायी भूमिका निभाउन आह्वान गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे