
काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित सासद अर्जुननरसिंह केसीले चैत ११ गते ज्येष्ठ सदस्यको रूपमा शपथ लिन लागेको छ। सङ्घीय संसद् सचिवालयले उनलाई ज्येष्ठ सदस्यको रूपमा सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरेका छन्। शपथ ग्रहण समारोह बुधबार बिहान ११ बजेर १५ मिनेटमा हुने जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।
केसीको शपथपछि, चैत १२ गते बाँकी २७४ जना प्रतिनिधिसभा सदस्यहरूलाई सङ्घीय संसद् भवनमा शपथ ग्रहण गराइनेछ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य निर्वाचित भएका थिए। ७८ वर्षीय केसी समानुपातिकतर्फ निर्वाचित भई ज्येष्ठ सदस्य बनेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे