
मेलम्ची , २६ जेठ -बुधबार राति आएको भारी वर्षाका कारण मेलम्ची खोलामा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ ।वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।
नगरपालिकाका इन्जिनियर जीत बहादुर कार्कीले वर्षाको कारण नदिको बहाब बढी मेलम्ची बजारमा रहेको र फट्टेमा रहेको अस्थाई ह्युमपाइप कल्भर्टमा क्षति पुगेकोले यातायात आवत जावतमा बैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गर्नु भयो ।उहाले सबैलाई सत्रक रहन समेत आग्रह गर्नु भयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे