
काठमाडौँ, भदौ २५ । क्यानडा र अमेरिकामा हुने लिग(२ को सिरिजका लागि जगत टमाटा कन्सल्टेन्ट कोच नियुक्त भएका छन् ।सन् २००१ देखि प्रशिक्षण थालेका उनले नेपाली राष्ट्रिय टिम, महिला राष्ट्रिय टिमसँगै उमेर समूहका टिमको मुख्य प्रशिक्षक भएर काम गरेका थिए।
यसअघि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक हुँदा टमाटाले उमेर हदका कारण २०७९ को असोजमा अवकास पाएका थिए। क्यानडा भ्रमणका लागि नेपाली टोलीको विदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टमाटालाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको जानकारी दिए। क्यानडामा भदौ ३१ गतेदेखि हुने नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको हो।
लिग९२ खेल्ने नेपाली टोलीमा आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् । देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन् ।
सन् २०२७ मा दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले सेप्टेम्बर १६ मा क्यानडा, १८ मा ओमान, सेप्टेम्बर २२ मा क्यानडा र २४ मा ओमानसँग खेल्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे