
काठमाडौँ, मङ्सिर २८ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकाले जानएको छ । संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गर्नुभएको प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जस अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा।डा। कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त भएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे