
काठमाडौँ — भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर–जग्गा कारोबार गर्न इजाजत पत्र चाहिने फर्म, कम्पनी वा संस्थाहरूका लागि आवेदन दिने म्याद मंसिर २७ गतेसम्म बढाएको छ।
यसअघि विभागले असोज १३ मा आवेदन आह्वान गरेको थियो। मालपोत ऐनअनुसार घर–जग्गा कारोबार गर्न चाहने कम्पनीले सरकारबाट तोकिएका क्षेत्रमा मात्र कारोबार गर्न पाउने प्रावधान छ। पहिलो चरणमा छवटै महानगर र ११ उपमहानगरपालिकालाई कार्यक्षेत्र बनाइएको छ।
एकपटकमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने संस्थाले मात्र आवेदन दिन पाउने व्यवस्था छ। घर–जग्गा व्यवसायलाई पारदर्शी तथा व्यवस्थित बनाउन यो प्रक्रिया ल्याइएको विभागले जनाएको छ।
पहिले विज्ञापन गर्दा कम आवेदन परेको कारण म्याद थपिएको हो। विभागका अनुसार गत कात्तिकमा घर–जग्गा कारोबारबाट २ अर्ब ७४ करोडभन्दा धेरै राजस्व सङ्कलन भएको थियो, जसमा सेवा कर, रजिष्टे«शन शुल्क र पूँजीगत लाभकर समेत समावेश छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे