
ताप्लेजुङ , ६ फागुन। पाथीभराका केबलकार निर्माणको विरोध गर्दै आएको “नो केबलकार” समूहले मंगलबारदेखि ८ गतेसम्म पदयात्रा र पाथीभरामा क्षमा पूजा गर्ने कार्यक्रम घोषणा गरेको छ। सदरमुकाम फुङलिङबाट पदयात्रा सुरु गरेर पाथीभरासम्म जाने र बिहीबार फुङलिङ फर्कने कार्यसूची रहेको प्रचार संयोजक नविन पोमुले जानकारी दिए। ९ गते फुङलिङ नगरपालिका घेराउ गर्ने कार्यक्रम पनि रहेको छ।
त्यसैबीच, केबलकार निर्माणको समर्थनमा फुङलिङमा सद्भाव र्याली निकालिने भएको छ। विकास प्रेमी युवा समाजको नेतृत्वमा मंगलबार सदरमुकाममा र्याली आयोजना हुनेछ, जसको उद्देश्य केबलकार निर्माणमा सहयोग पुर्याउनु रहेको छ। र्याली नगर परिक्रमा गर्ने आयोजकले जानकारी दिए।
सुरक्षा व्यवस्था कडा पारिएको छ, काफ्लेपाटी र पाथीभरा क्षेत्रमा प्रहरी परिचालित गरिएको छ। पदयात्राका लागि विभिन्न धर्मका गुरुहरूलाई आमन्त्रण गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे