
काठमाडौँ, जेठ ३ । सुनको मूल्यले आज फेरि रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको थियो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो। हिजो चाँदी प्रतितोला १७ सय ४५ रूपैयाँमा कारोबार भएकोमा आज १ हजार ८०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे