
बाँके — बेलायत सरकारको फरेन कमनवेल्थ एण्ड डेभ्लपमेन्ट अफिस (FCDO) को आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघ परियोजना सेवा कार्यालय (UNOPS) द्वारा नेपाल प्रहरीमा कार्यान्वयन भइरहेको सुरक्षा तथा न्याय कार्यक्रम को वार्षिक समीक्षा कार्यक्रम बाँकेमा सम्पन्न भएको छ।
मिति २०८१ फागुन २५ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पन्न सो कार्यक्रममा बेलायती दूतावास प्रतिनिधिहरूसँग लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीबीच भेटघाट तथा अन्तरक्रिया भएको थियो।
कार्यक्रममा सुरक्षा तथा न्याय सेवाको प्रभावकारिता, कार्यान्वयनको प्रगति तथा आगामी रणनीति सम्बन्धी विषयहरूमा छलफल गरिएको बताइएको छ। सरोकारवालाहरूले सुरक्षा प्रवर्द्धन तथा कानुनी सेवाको पहुँच विस्तारका लागि यस्ता कार्यक्रमहरूको दीर्घकालीन प्रभावकारितालाई सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे