
एजेन्सी । भारत आन्ध्रप्रदेशको एउटा औषधी बनाउने कारखानामा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ । आनाकपल्ले जिल्लाको रामबिल्ली मण्डलस्थित अचुतापुरम सेजमा रहेको एस्सेन्टिया एडभान्स्ड साइन्सेज प्रालिको युनिटमा बुधबार दिउँसो आगलागी हुँदा ठूलो औद्योगिक दुर्घटनामा १७ कामदारको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । सरकारी विज्ञप्ति अनुसार कारखानामा दिउँसो २ः१५ बजेतिर रिएक्टरमा विस्फोट भएको थियो, जसले गर्दा आगलागी भएको हो ।
उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । उद्धार कार्यका लागि एनडीआरएफ र एसडीआरएफ टोली खटाइएको छ। धेरै घाइतेलाई विशाखापट्टनमको किंग जर्ज अस्पताल ९केजीएच० लगिएको छ। भवनको पहिलो तल्लाको स्ल्याब खसेको अवस्थामा उद्धारकर्मीहरूले भग्नावशेष हटाउने प्रयास गरिरहेका छन्। घटनाको समयमा त्यहाँ रहेका कामदारहरूको यकिन संख्या र मृत्युको संख्या अधिकारीहरूले पुष्टि गरेका छैनन्।
छवटा दमकल तुरुन्तै घटनास्थलमा पुगे र छिमेकी स्टेशनहरूबाट थप उपकरणहरू परिचालन गरिएको थियो। अनकापल्ले जिल्ला कलेक्टर र एसपी दुबै उद्धार कार्यको निरीक्षण गरिरहेका छन्।
सुरुमा रिएक्टर विस्फोटका कारण दुर्घटना भएको दाबी गरिए पनि वास्तवमा सोल्भेण्ट तेल एक तल्लाबाट अर्को तल्लामा पम्प गरी आगो लागेपछि भएको ठूलो विस्फोटका कारण घटना भएको हो ।
लंचको समयमा विस्फोट भएको बताइएको छ। कारखाना दुई सिफ्टमा ३ सय ८१ कर्मचारी रहेको छ । आन्ध्रप्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले अच्युतपुरम फर्मा कम्पनीमा भएको दुर्घटनाबारे उच्चस्तरीय छानबिन गर्न आदेश दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे