
काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनको छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आज बिहान साढे ६ बजे तिर नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका– ९ जगदरी घर भएका उनी सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।
उनलाई पाँचौ तलामाथिबाट तल भुइँमा खसेर टाउकोमा गम्भीर चोट लागेका थियो । घाइते यादवलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे