
काठमाडौँ , ४ कार्तिक | आज शुक्रबार बिहान बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीया बीना चेपाङ बालिकाको मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार बिहान ६ः३० बजे घरबाट सानिआमाको घर जाने क्रममा चेपाङको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
गत असारमा पनि बन्दीपुर गाउँपालिका १ र ४ मा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे