
काठमाडौँ, वैशाख १० | सिखको स्वतन्त्रताको आह्वान गर्ने स्वयम् प्रचारक अमृतपाल सिंहलाई पञ्जाब राज्यमा पक्राउ परेका छन् । सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाको रोद गाउँबाट पक्राउ गरेको हो । पञ्जाब प्रहरीले ट्विटरमा पक्राउको खबर पुष्टि गर्दै शान्तिको अपील गरेको छ।
पञ्जाब पुलिसले आफ्नो ट्विटर ह्यान्डल मार्फत मार्च १८ देखि फरार रहेका सिंहलाई पञ्जाबाको मोगाबाट पक्राउ गरिएको जानकारी दिएको छ ।उनी शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै आएका छन् ।
अमृतपाल सिंह विरुद्ध एनएसए सहित १६ मुद्दा दर्ता गरिएको छ ।उनी र उनका समर्थकहरूमाथि हत्या प्रयास र प्रहरी अधिकारीमाथि आक्रमण गरेको आरोप लगाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे