
एजेन्सी । अमेरिका(इजरायल र इरानबीचको युद्ध चर्किँदै जाँदा, खाडी राज्यहरू र हर्मुजको जलडमरू वरपर धेरै जहाज र ट्याङ्करहरू आक्रमणको शिकार भएका छन्। सूचीमा पछिल्लो पटक भारत जाँदै गरेको थाइल्याण्डको झण्डा भएको कार्गो जहाज थियो। यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।
थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो । बुधबार, थाइल्याण्डको झण्डा बोकेको बल्क क्यारियर मयुरी नारीमाथि ओमानबाट ११ समुद्री माइल उत्तरमा रहेको स्ट्रेटमा प्रक्षेपणद्वारा आक्रमण गरिएको थियो। यो आक्रमण संदिग्ध इरानी आक्रमणमा लक्षित १३ औं जहाज हो। इरानमाथिको अमेरिका(इजरायली युद्धले खाडी बन्दरगाहहरूलाई खतरामा पारेको छ र विश्वको तेल र ग्यास आपूर्तिको २० प्रतिशतको लागि महत्त्वपूर्ण मार्ग हो हर्मुजको जलडमरूम मार्फत विश्वव्यापी व्यापारलाई बाधा पुर्याएको छ। होर्मुज स्ट्रेटमा समुद्रको चौडाइ ३३ किलोमिटर मात्र छ । तर जहाज चल्नसक्ने बाटो ११ किलोमिटर मात्र छ । बाँकी हिस्सामा कम गहिराइ भएकाले ठूला जहाज चल्न सक्दैनन् । त्यसैले यो साँघुरो बाटो खतरनाक मानिन्छ ।
अन्य देशहरुले जस्तै भारतले पनि आफ्नो आवश्यकताको ठुलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास साउदी अरब, इराक, कुवेत र संयुक्त अरब इमिरेट्सबाट यही स्ट्रेट अफ होर्मुजको बाटो हुँदै आयात गर्दछ ।
अमेरिका र इजरायलले इरानमाथि गरेको हमलाको बदलामा इरानले पनि अमेरिकी सेनाका क्याम्प रहेका खाडी मुलुकलाई लक्षित गरी आक्रमण जारी राखेको छ । इरानले तेल आपूर्तिको बाटो बन्द गर्ने चेतावनी दिएपछि होर्मुज स्ट्रेटमा पनि आक्रमण तीव्र बनेको छ । यसबाट विश्वभर तेल र ग्यास आपूर्ति प्रभावित भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे