
काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर. थोम्पसनको भेटवार्ता भएको छ ।
भेटमा नेपाल र अमेरिकाको ७७ वर्ष पुरानो कूटनीतिक सम्बन्धको बारेमा छलफल भएको राजदूतले सार्वजनिक गरेका छन् ।
यस्तै, नेपाल र अमेरिकी सरकारका सहयोग परियोजनाबारेमा पनि छलफल भएको राजदूतले सार्वजनिक गरेका छन् ।
अमेरिकी राजदूतले भेट्नु अगाडि प्रधानमन्त्री ओलीसँग भारतीय तथा चिनियाँ राजदूतहरूले पनि भेटवार्ता गरिसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे