
काठमाडौँ , साउन २६ । जाजरकोटको भेरी नगरपालिका–१ कोल्चौर नजिक कल्ले खोलामा गए राति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा चालक २७ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको छ। उनी भेरी नगरपालिका–१, डौंरीकाँडाका बासिन्दा हुन्।
उदय युवा क्लब, मुसीकोट–१३ को नाममा दर्ता भे १ च २२४७ नम्बरको एम्बुलेन्स बिरामी लिन डौंरीकाँडा जाँदै गर्दा दुर्घटनामा परेको हो। भेरी–१ का वडाध्यक्ष दीपक रानाले उक्त जानकारी दिएका हुन्।
प्रहरीका अनुसार उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेको हो। राति दुर्घटना भए पनि स्थानीयले बिहान घाँस काट्न गएका बेला घटना देखेर प्रहरीलाई खबर गरेका थिए।
अहिले प्रहरीले घटनास्थलमा मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी गरिरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे