
काठमाडौं– – कामना सेवा विकास बैंक लिमिटेडले ग्राहक सेवामा नवप्रवर्तन गर्दै अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा ल्याएको छ। यस सुविधाको सुरु भएसँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी कामना सेवा विकास बैंकका नगद काउन्टरबाट सिधै रकम झिक्न सकिने भएको छ।
बैंकले यो सेवा सञ्चालनमा ल्याउँदै एक बैंकमा रहेको खाताबाट रकम झिक्न त्यसै बैंकको शाखामा जानुपर्ने झन्झटबाट ग्राहकलाई मुक्त गराएको जनाएको छ। अब ग्राहकले कामना सेवाको स्मार्ट टेलर क्युआर स्क्यान गरेर कुनै पनि बैंकबाट नगद झिक्न सक्नेछन्।
बैंकले प्रविधि र डिजिटल सेवाको विकासलाई आत्मसात गर्दै, ग्राहकको समय, सुविधा, र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ प्रक्रिया थप सरल, सहज र द्रुत बनाउने उद्देश्य राखेको जनाएको छ।
कामना सेवा विकास बैंकले वित्तीय समावेशिता र डिजिटल बैंकिङलाई अझ प्रभावकारी बनाउन यस्ता नवीनतम सेवाहरूलाई विस्तार गर्दै लगेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे