
काठमाडौँ ,२१ भाद्र | कांग्रेसले १०० सिट दाबी गरेतापनि ८० सिट पाउने गरी सिट बाँडफाँट टुंगिने चरणमा पुगेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन्।आज मंगलबार धनगढीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बुधबारसम्म सिट बाँडफाँटको टुंगो लाग्ने बताएका छन् ।
कांग्रेसले ८० सिट माओवादीले ६० वरिपरी र एकीकृत समाजवादीले २५ सिट पाउने गरी सहमतिमा प्रयास भइरहेको उनले बताए।
उनले भने ,कांग्रेसले १०० सिट मागेकोमा ८० वरिपरि, हामीले पनि ६० सिट दाबी गरेका थियौँ त्यसको वरिपरि एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ मागिरहेका छन्। यी सबै विषयमा बुधबार शीर्ष नेताहरू बसेर टुंग्याउँछौं,’ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे