
काठमाडौँ , २१ भाद्र |सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मंगलबार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरुसँग कुरा गदैँ गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताएका छन्।
उनले भने, ‘सिट तीन आधारमा बाँडफाँट हुन्छ । न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुने छ ।’यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने र गठबन्धनमा कसैलै कसैको विरुद्ध नबनेको समेत उनले दाबी गरे ।
मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने र अहिलेको गठबन्धन कायम रहने यसमा शंका नगर्न आग्रह समेत गरे ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावनाका साथ सिट बाँडफाँटका साथ निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे