
काठमाडौँ, २५ असोज । गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।
असोज २६ गते भोली दिउसो १ बजेभित्र त्यस्ता बागी उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्कासन गर्ने चेतावनी दिइएको छ ।
‘तदनुरुप सम्बन्धित पार्टी निकायहरुले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नु हुनेछ। निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा असोज २६ गते दिउसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्कासन गर्ने व्यवहोरा अवगत गराइन्छ, ‘ गठबन्धन बैठकको निर्णयमा भनिएको छ।’
निर्णय कार्यान्वयन गराउन सम्बन्धित निकायलाई समेत निर्देशन दिइएको छ ।
निर्णयमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीबाट माधव कुमार नेपाल र जनमोर्चाबाट चित्रबहादुर केसीले निर्णयमा हस्ताक्षर गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे