
जेनरेसन जेड (Gen Z) को प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द रहनेछ। मंगलबार दिउँसो २:३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो। बुद्ध एयरले यात्रुहरूलाई जानकारी दिँदै उडान सम्भव नभएको जनाएको छ। कम्पनीले यात्रुहरूलाई पर्न गएको असुविधाप्रति माफी पनि मागेको छ।
देशको अस्थिर परिस्थितिका कारण आन्तरिक गन्तव्यमा जान लागेका अन्य वायुसेवा कम्पनीहरूको उडान पनि प्रभावित भएको छ। टिकट काटिसकेका यात्रुहरूले यात्रा गर्न नपाएमा भाडा फिर्ता पाइने व्यवस्था गरिएको छ।
यात्रुहरूलाई धैर्य राख्न र कम्पनीको थप जानकारीको पर्खाइमा बस्न अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे