
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका विभिन्न शहरी क्षेत्रमा वायु प्रदूषण खतरनाक तहमा पुगेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र बाहिर निस्कनै परेमा अनिवार्य रूपमा माक्स प्रयोग गर्न अनुरोध गरेको हो।
केन्द्रका अनुसार पछिल्ला केही दिनयता वायु प्रदूषणको स्तर अत्यधिक बढेकाले जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम रहेको छ। विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढी प्रभावित हुन सक्ने भएकाले अतिरिक्त सावधानी अपनाउन आग्रह गरिएको छ।
चिकित्सकहरूका अनुसार अत्यधिक वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, टाउको दुख्ने तथा दीर्घकालीन स्वास्थ्य जटिलता देखिन सक्छ। मन्त्रालयले प्रदूषण कम नहुँदासम्म स्वास्थ्य सुरक्षाका उपाय अपनाउन र सरकारी सूचनाको पालना गर्न सबैलाई अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे