
काठमाडौं । एयर डाइनेस्टीको हेलिकटर दुर्घटनामा परेको छ । शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर आगो लागेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
‘सूर्यचौरको डाँडामा आगोलागेको र हेलिकप्टर वरपर केही व्यक्ति देखिएको स्थानीयबाट सूचना आएको छ’ उनले भने, ‘त्यसक्षेत्रमा खोजी कार्य र उद्धारका लागि जिल्ला प्रहरीको टोली तैनाथ भएको छ ।’
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा ४ चिनियाँ नागरिक यात्रु थिए । हेलिकोप्टर रसुवाको स्याफ्रुबेसी जान लागेको जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे