
काठमाडौँ , पुस ७। गाजामा युद्धविराम र इजरायल र हमास बीच बन्धक रिहाई सम्झौताका विषयमा भएको वार्ता ९० प्रतिशत सम्पन्न भएको छ। युद्धरत दुबै पक्षसँग सम्झौताको अन्तिम चरणमा रहेको वार्तामा संलग्न अधिकारीहरुले जानकारी दिएका छन्।
प्यालेस्टायनी अधिकारीका अनुसार केही मुख्य बुँदामा सहमति जुट्न बाँकी छ। कतारको दोहामा जारी वार्तामा इजिप्टसँग सीमा जोडिएको गाजाको फिलाडेल्फी करिडोरमा इजरायली सेनाको उपस्थितिको विषयमा छलफल भइरहेको छ। यो करिडोर दक्षिणी गाजाका लागि रणनीतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ, र इजरायलले यहाँ सैन्य उपस्थिति कायम राख्ने योजना बनाएको छ।
यी मुद्दाहरुको समाधान पछि, तीन चरणमा युद्धविराम सम्झौतामा सहमति हुने संभावना छ। सम्झौताका अनुसार युद्धविरामको पहिलो चरणमा प्रत्येक महिला सैनिकको रिहाइको बदला २० प्यालेस्टिनी कैदीहरूको रिहाइ हुनेछ।
कैदीहरूको नामको विषयमा भने सहमति जुट्न बाँकी छ। इजरायलमा २५ वर्ष वा सोभन्दा बढी समय जेलमा रहेका करिब ४०० कैदीहरुबाट नाम चयन गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे